

बुटवलमा एक युवतीमाथि गोली प्रहार

दाङ- बुटवलमा एक युवतीमाथि गाेली प्रहार भएकाे छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गाेली प्रहार भएकाे हाे ।
उनकाे कम्मरमाथि गाेली लागेको छ। रैनादेवि छहरा घर भइ बुटवल ११ बुद्धनगर बस्ने बिष्टमाथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
गाेली प्रहारमा संलग्नको खाेजी भइरहेको प्रहरीले बताएको छ ।

