दिल्लीमा आँधीपछि भवन भत्किंदा ४ जनाको मृत्यु, १० भन्दा बढी पुरिए


काठमाडौं- भारतको दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा शुक्रबार राति करिब साढे २ बजे चार तले भवन भत्किँदा चार जनाको मृत्यु भएको छ।

भग्नावशेषमा १० जनाभन्दा बढी फसेको हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।

एनडीआरएफ र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेको छ र उद्धार कार्य जारी छ।

शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएर भारी वर्षा र आँधीबेहरी आएको थियो। हुरीकै कारणले गर्दा मुस्तफाबादमा भवन ढलेको जनाइएको छ।

प्रतिक्रिया