अभिनेत्री नीति शाहले गरिन् विवाह


काठमाडौं- अभिनेत्री नीति शाहले विवाह गरेकी छन् । उनले शुक्रबार काठमाडौं जिल्ला अदालतमा यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको थियाे ।

नीति र यचितले केही समयको प्रेम सम्बन्ध विवाहमा परिणत गरेका हुन् । ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा अभिनयमा डेब्यु गरेकी हुन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया