

कसले हान्यो शर्मिला वाइबालाई रड ?

काठमाडौं– आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि आफ्नै सहकर्मीले रड प्रहार गरेकाे खुलेकाे छ । बुधबार राति काठमाडौंको काँडाघारी क्षेत्रमा वाइबामाथि फलामको रडले प्रहार गरिएको हो ।
प्रहरीका अनुसार वाइबामाथि आक्रमण गर्ने व्यक्ति उनीकै सहकर्मी शर्मिला श्रेष्ठ राई हुन् । राम मन्दिर नजिकै पहेँलो पुलमा भएको घटनामा वाइबाको टाउकोमा चोट लागेको छ । उनी सामान्य घाइते भएकी छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार दुवै सँगै बस्दै आएका थिए र लेनदेनको विवादपछि घटना उग्र बनेको हो।
घाइते वाइबाको हाल बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भइरहेको छ । यतिबेला उनले विभिन्न युट्युबरहरूसँग अन्तर्वार्ता पनि दिन थालेकी छन् ।

