केएम मिनरल वाटरले उत्पादन गरेको जारकाे पानीमा किरा


काठमाडौं – जारको पानी उत्पादन गरेर बेचिरहेको केएम मिनरल वाटरले गम्भीर लापरबाही गरेको पाइएको छ । केएमले प्रशोधन गरी जारमा राखेको पानीमा ठूलाे किरा भेटिएको छ।

ललितपुरको पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याइएको पानीको जारमा बिहीबार कीरा भेटिएको हो ।

किरा भेटिएपछि ललितपुर महानगरले पानी उत्पादक कम्पनी केएमलाई रु २५ हजार जरिवाना गरेको
ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिए ।

प्रतिक्रिया