पनौतीको पार्कमा एक महिला मृतावस्थामा फेला


काभ्रे — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा एक महिला मृत भेटिएकी छिन् ।

पनौतीस्थित पार्कको फलामको बेन्चमा अन्दाजी ३५/३६ वर्षीया महिला मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

बुधबार मृत भेटिएकी महिलाको शव सनाखत हुन सकेको छैन । पार्ककको बेन्चमाथि नै महिला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया