कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ


कैलाली- प्रहरीले कैलालीका फरकफरक ठाउँबाट लागूऔषध खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका युवाहरुको साथबाट करिब छ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–७, का २५ वर्षीय अजय चौधरी र गोदावरी नगरपालिका–५, बस्ने १८ वर्षीय योगेश जोशी रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए ।

प्रहरीका अनुसार चौधरीलाई धनगढी उपमहानगरपालिका–३, बोराडाँडीबाट पक्राउ गरिएको हो । चेकजाँच गर्दा उनको साथबाट चार ग्राम छ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

गोदावरी–२, पूर्वी रोडमा चेकजाँच गर्दा जोशीको साथबाट एक ग्राम ३३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया