लागुऔषध काण्डमा पक्राउ परेका युवक प्रहरीको आँखै अगाडिबाट फरार


काठमाडौं- लागूऔषधसँग जोडिएको गम्भीर अपराधमा पक्राउ परेका एक युवक प्रहरीको आँखै अगाडि बाटोमै फरार भएका छन् ।

शनिबार ललितपुरको हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टबाट पक्राउ परेका २६ वर्षीय प्रमोद शर्मा (ठाकुर), प्रहरीले महाराजगन्ज लैजाँदै गर्दा ट्याक्सीबाट ओर्लिएर एकाएक फरार भएका हुन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ घर भएका ठाकुर लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका थिए ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई अपार्टमेन्टको सी ब्लकको ३०२ नम्बर कोठाबाट नियन्त्रणमा लिएको थियो । उनको साथबाट २७ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो ।

उक्त अपार्टमेन्टबाट प्रहरीले मोरङ घर भई काठमाडौं बसोबास गर्दै आएकी डेनिसा तामाङ र २१ वर्षीया दिव्य शाहीलाई पनि पक्राउ गरेको छ ।

तर प्रमुख आरोपी शर्मा प्रहरीको साथमै हुँदा ट्याक्सीबाटै फरार हुन सफल हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुरको खोजी तीव्र पारिएको छ । त

प्रतिक्रिया