मोबाइल चार्ज गर्दा करेन्ट लागेर राईको मृत्यु


विराटनगर- इलामको माई नगरपालिका–८ का ४६ वर्षीय मदनकुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार राई आफ्नै घरमा मोबाइल चार्ज गर्दै गर्दा करेन्ट लागेका थिए। घटनाको बेला घरमा कोही नभएको र उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैबीच, झापाको कनकाई नगरपालिका–१ का ६६ वर्षीय ताराबहादुर विश्वकर्मा पनि करेन्ट लागेर ज्यान गुमाएका छन्। शनिबार साँझ घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दैनिक जीवनमा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया