दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं- तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेकाे छ ।

प्रहरीले उनलाई आजै झापाबाट काठमाडौं ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो । चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप प्रसाईंमाथि छ ।

प्रसाईं नै संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा तीनकुनेमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया