

सूर्य थापालाई धम्की दिएको आरोपमा युवक पक्राउ

काठमाडाैं- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई मोबाइलमार्फत धम्की पठाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–११ निवासी २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
थापालाई मध्यरातको समयमा पठाइएको एसएमएस ‘धम्कीपूर्ण’ रहेको आरोप छ । घटनापछि सूर्य थापाले सामाजिक सञ्जालमार्फत आफूलाई दिइएको सुरक्षा जिम्मेवारी पूरा गरेको भन्दै नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले फेसबुकमा आरोपित युवक प्रदीप पन्तको पारिवारिक र राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै परिचय खुल्ने कागजातसमेत पोष्ट गरेका छन् ।

