

दुर्गा प्रसाई चढेको विमान काठमाडौंमा, आजै अदालत लगिने!

काठमाडौं – चैत १५ मा राजधानीको तीनकुनेमा भएको प्रदर्शनकारीका कमाण्डर दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौँ ल्याइएको छ ।
उनीहरुलाई बुद्ध एयरको बीएचए ९५४ उडानबाट काठमाडौं ल्याइएको हो । उक्त जहाज १२ः३४ बजे काठमाडौंमा अवतरण भएको थियो ।
उक्त जहाज भद्रपुरबाट बिहान ११ बजेर ४८ मा मिनेटमा उडेको थियो ।
प्रहरीले भद्रपुरबाट पक्राउ गरिएको भनिए पनि प्रसाईलाई भारतबाट नेपाल ल्याइएको जनाइएको छ ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट आजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिने जनाइएको छ । भोलि शनिबार भएका कारण उनलाई आजै म्याद थपका लागि अदालत लगिने स्रोतले जनाएको छ ।

