प्रेम सम्बन्ध बिग्रिएपछि तस्वीरबाट ब्ल्याकमेलिङ गर्ने पूर्वप्रेमी पक्राउ


काठमाडौं– प्रेम सम्बन्ध विछेदन पछि प्रेमिकाको तस्वीरबाट ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्ने युवक ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्गका २४ वर्षीय आयुष अधिकारी हुन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो ।

आयुषको बारेमा काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन अन्तर्गत चार दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

आरोप अनुसार, आयुष एक युवतीसँग प्रेम सम्बन्धमा थिए । सम्बन्ध बिग्रिएपछि उनले प्रेमिकाको अन्तरंग तस्वीरलाई दुरुपयोग गर्दै उक्त तस्वीर पूर्वप्रेमिकालाई पठाउँदै ब्ल्याकमेलिङ गरेका थिए ।

यसका साथै उनले प्रेमिकाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिएको आरोप पनि छ ।

प्रतिक्रिया