हत्यापछि साधुको भेषमा लुकेर बसेका अपराधी १७ वर्षपछि पक्राउ


काठमाडौं-  हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् ।

२०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरेका थिए । हत्या गरेपश्चात तेली फरार थिए ।

सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो ।

हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए ।

उनलाई २०८१ चैत २५ गते पर्साको वीरगन्जबाट पक्राउ गरिएको हो ।  फैसला कार्यान्वयनका लागि तेलीलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया