

दुर्गेश थापाको स्वरमा ‘कर्मा’को टाइटल गीत सार्वजनिक[भिडिओ]

काठमाडौं- चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बिच ‘कर्मा’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो । गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत दुर्गेश स्वयंले भरेका छन भने गीतको एरेन्ज पनि दुर्गेशले नै गरेका हुन् ।
असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने तथ्यलाई उजागर गरेको छ । सार्वजनिक गीतको ब्याकग्राउन्ड भोकलमा दुर्गेशलाई आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत छन् ।

