‘रहना है तेरे दिल मे’को सिक्वेल बन्दै, मुख्य भूमिकामा विक्की र कृति


काठमाडाैं – सन् २००१ मा रिलिज भएको आर माधवन र दीया मिर्जाको चर्चित चलचित्र ‘रहना है तेरे दिल मे’को सिक्वेल बन्ने भएको छ ।त्यस समयमा पनि यस चलचित्र निकै चर्चित बनेको थियो ।

यस चलचित्र आप नि उत्तीकै लोकप्रीय रहेको छ । दर्शकहरूले अब यस चलचित्रको सिक्वेल हेर्न पाउने भएका छन् । सिक्वेलको मूख्य भूमिकामा विक्की कौशल र कृति सेनन देखिने बताइएको छ ।

एक रिपोर्टस्का अनुसार, विक्की र कृतिबीच अहिले चलचित्रलाई लिएर विभिन्न छलफलहरू भइरहेको छ । चलचित्रको २०२२ को अन्त्यमा काम शुरू गरिने बताइएको छ । चलचित्रलाई रवि उदयकरले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया