जनकपुरधाममा हत्या प्रकरणको विरोधमा प्रदर्शन, झडपमा स्थानीय र प्रहरी घाइते


धनुषा-  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा युवक हत्याको विरोधमा भएको प्रदर्शन क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयवासीलाई प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो। झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

१५ दिनअघि होलीको दिन बिन्धीमा १७ वर्षीय आशु यादवको चक्कु प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न भनिएका एक युवक पक्राउ परे पनि अन्य ६ जना अझै फरार छन्।  हत्याका अन्य आरोपितहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया