

कञ्चनपुरमा ३२ घण्टापछि समातियाे बस्तीमा पसेको बाघ

कञ्चनपुर- कञ्चनपुरमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । झन्डै ३२ घण्टापछि आइतबार दिउँसो बाघ समातिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको प्राविधिक टोलीले आइतबार डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-२ टेडुवास्थित गहुँ खेतमा शनिबार बिहान बाघ पसेको थियो । त्यसयता स्थानीय त्रासमा थिए ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघ समात्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहित टोली खटाइएको थियो ।
बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ल्याइँदै छ । बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने वा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाड्ने भनेर यकिन भइसकेको छैन ।

