

बागलुङ ‘ग्याङ फाइट’मा मारिने कांग्रेस कार्यकर्ता, कारबाही माग गर्दै विश्वप्रकाशको विज्ञप्ति

काठमाडौं– बागलुङमा होली पर्वका क्रममा भएको ग्याङ फाइटमा मारिनेमा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत परेका छन्।
३६ बर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको मृत्यु भएको छ। कुँवर नेपाली कांग्रेसका कार्यकर्ता हुन्। उनीहरूको शव भिरभन्दा तल भेटिएको थियो।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले घटना अमानवीय भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले सोमबार विज्ञप्ति जारी गरी घटनाको मिहिन अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन्।
अर्को समूहकी युवतीलाई रङ दल्दा भएको थियो ‘ग्याङ फाइट’

