सामाजिक सञ्जालमार्फत अशान्ति र हिंसा फैलाउने अभिव्यक्ति नदिनू : साइबर ब्युरो


काठमाडौं-  साइबर ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूमार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्ति आइरहेको भन्दै ध्यानाकर्षण जनाएको छ । यसखाले अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेको भन्दै ब्युरोले शुक्रबार एक सूचनामार्फत सबैलाई सचेत गराएको हो ।

“यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरणको सृजना गरी सामाजिक सद्‍भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भएकाले त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न नगराउन अनुरोध गर्दछौँ,” सूचनामा भनिएको छ, “साथै त्यस्ता विषयसँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालमा शेयर समेत नगर्न हुन साइबर ब्युरो अनुरोध गर्दछ ।”

प्रतिक्रिया