

समाजवादी मोर्चाको प्रदर्शन सुरु

काठमाडौं- राजधानी काठमाडौंमा गणतन्त्र समर्थक र राजावादी समूह आ–आफ्नो प्रदर्शनका लागि विभिन्न स्थानमा भेला हुन थालेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा झण्डा र ब्यानरसहित नेताकार्यकर्ताहरू जम्मा भइरहेका छन् । उनीहरू जुलुससहित आ–आफ्ना सभास्थलतर्फ अघि बढिरहेका छन् ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा सभा गर्दैछ भने राजसंस्था पुनर्स्थापनाको पक्षधरहरू तिनकुनेमा भेला हुनेछन् । दुवै स्थानमा सभाका लागि मञ्च तयार भइसकेको छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शनको आयोजना गरेको हो, भने राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थाको विरोधमा प्रदर्शन गर्दैछन् ।

