जब शिलालाई बिजुलीको खम्बामा बाँधेेर कुटियाे…


दाङ — दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि निर्घात कुटपिट भएको छ । कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिर आएको हो ।

शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

तरकारी फार्मका केही सामान हराएको आरोपमा शिलामाथि अमानवीय तरिकाले कुटपिट भएको बताइएको छ । पीडितकी आमाले सामाजिक सञ्जालमा भिडिओ देखेपछि बिहीबार मुद्दा प्रहरीमा पुगेको हो ।

स्रोतका अनुसार राजनीतिक दलका स्थानीय नेताहरूले ७० हजार रूपैयाँ दिएर मुद्दा गाउँमै मिलाएका थिए । त्यसमध्ये पनि उनीहरूले गाडी भाडा लागेको भन्दै नौ हजार रूपैयाँ लगेका थिए। पीडितले ६१ हजार रूपैयाँ पाएकी थिइन् ।

बिहीबार मात्रै पीडित जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर आरोपितहरू विरूद्ध अमान्य व्यवहार शीर्षकमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया