एसईईका परिक्षार्थीको पीडा बुझ्दै महानगर, ‘गन्तव्यमा पुग्न सम्पर्क गर्नुहोस्’


 

काठमाडौं — काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ ।

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सहयोग गर्ने बताएको छ ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्धन नभए विद्यार्थीहरूलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था महानगरपालिकाले गरेको हो ।

महानगरपालिकाका मुख्य चार क्षेत्रबाट विद्यार्थीलाई गनतव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउने जिम्मा नगर प्रहरी बललाई जिम्मा दिइएको छ । बानेश्वरमा नगर प्रहरी उपरीक्षक दिनेकुमार अर्याल, रत्नपार्कमा नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने, नयाँ बसपार्कमा नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्ट र टेकु क्षेत्रमा नगर प्रहरी निरीक्षक प्रकाश पण्डित नेतृत्वको टोली खटाइएको छ ।

 

सम्पर्क व्यक्ति र स्थान

न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (वानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)

हटलाइन : ०१५९०१७६४

प्रतिक्रिया