ससुराली पुग्नै पाएनन् शिवशंकर, जंगलमा भेटियो विभत्स अवस्थामा शव 


धनुषा – ससुराली हिँडेका एक युवकको अपहरणपछि हत्या भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो।

उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो।

शव शुक्रबार साँझ साढे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।

हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ ।

शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए।

 

प्रतिक्रिया