जहाँ १२ पटक विज्ञापन खुलाउँदा पनि पाइएन शिक्षक


काठमाडाैं-  स्थानीय सरकारको जिम्मेवारीमा रहेको विद्यालय तहको शिक्षणका लागि पालिकाहरूले पटक–पटक विज्ञापन गर्दा पनि शिक्षकको अभाव कायमै रहने अवस्था आइरहेको छ ।

ओखलढुंगाको खानीभन्ज्याङ गाउँपालिकास्थित सरस्वती माविले पनि यही समस्याको सामना गरिरहेको छ । विद्यालयले विज्ञान विषयका शिक्षक ल्याउन पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको छैन । सरुवा प्रक्रियाबाट शिक्षक ल्याउने प्रयास गर्दा पनि कोही आउन चाहेनन् । त्यसमाथि अस्थायी करारमा शिक्षक भर्ना गर्नका लागि १२ पटकसम्म विज्ञापन गरिए पनि कुनै इच्छुक उम्मेदवार नपाइएको विद्यालय प्रशासनले जनाएको छ ।

विज्ञान विषयको शिक्षक अभाव समाधान गर्न गाउँपालिकाले गत असार १८ गते सरुवाको प्रक्रिया अघि बढाएको थियो । तर, शिक्षक आव्हान गर्दा कसैले पनि सरुवा भएर आउन इच्छुक नभएको कारण विद्यालयको विज्ञान शिक्षण ठप्पप्रायः भएको छ ।

May be an image of text

प्रतिक्रिया