पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरमा पक्राउ, जहाज चढाएर ल्याइँदै


ललितपुर– जबरजस्ती करणीका आरोपित एक जना फरार थुनुवा बिहीबार राति कञ्चनपुरमा पक्राउ परेका छन् ।  अछामका १९ वर्षीय थुनुवा दीपक साउद पाटन अस्पतालबाट भागेका थिए । उनी शौच गर्न भनेर अस्पतालको शौचालयमा छिरेर झ्यालबाट फरार भएका थिए ।

साउदमाथि १७ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । फरार भएको जानकारी पाएपछि उनलाई सुरक्षा निकायले खोजी थालेको थियो । साउदलाई बुधबार राति कञ्चनपुरको गड्डाचौकी नाका नजिकैबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई धनगढीबाट जहाजमार्फत काठमाडाैं ल्याएर ललितपुर पुर्याउने तयारी गरिएको छ ।

साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।

विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

प्रतिक्रिया