

सुनको मूल्य घट्यो

काठमाडौँ – शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार एक हजारले घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।

