निरन्तर अपराधः ७ किलो सुनसहित पक्राउ परेका लामा ८ वर्षपछि २५ करोडसहित फेरि समातिए


काठमाडौं — राजधानीको उत्तरी बजार झोरबाट करिब २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका व्यक्ति भएको खुलेको छ ।

यसअघि २०७३ सालमा राजधानीको थानकोटबाट ७ किलो सुनसहित पक्राउ परेका सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा नै अमेरिकी र युरोसहित पक्राउ परेको खुलेको हो ।

काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका लामाले सो सुनकाण्डमा ५ वर्ष जेल बसेर छुटेका थिए ।

२०७८ सालमा जेलबाट छुटेका लामालाई तत्कालिन एसएसपी सर्वेन्द्र खनाल अपराध अनुसन्धान कार्यालयमा हुँदा बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित पक्राउ गरिएको थियो ।

उनै लामालाई आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयले केही बेर अघि पत्रकार सम्मेलन गरेर लामालाई सार्वजनिक गरेको छ ।

उनीमाथि थप अनुसन्धान जारी राखेको पनि उक्त अवसरमा जानकारी दिइएको थियो ।

 

प्रतिक्रिया