मोरङको मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु


मोरङ- मोरङको धनपालथान गाउँपालिकाको कदमा मुस्लिम बस्तीमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरूको पहिचान भने भएको छैन । आगलागीबाट ६-७ घर जलेका छन् ।

साना छाप्रा घर र परालको माचसमेत घरकै छेउमा रहेकाले आगोले उग्र रूप लिएको हो ।

प्रतिक्रिया