दिपक थापा बने प्रहरीको नयाँ आईजीपी


काठमाडौं – सरकारले दिपक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा सबैभन्दा अगाडि रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।

३० वर्षे सेवाअवधिको प्रावधान कायम रहेमा थापा २०८२ भदौ १९ गतेसम्म आईजीपीमा बहाल हुनेछन् । उनी नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका हुन् ।

उनीसँगै एआईजीद्धय सुदिप गिरी र टेक बहादुर तामाङ प्रहरी प्रमुखको दाबेदार थिए ।

हालका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आज राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि सरकारले थापालाई आईजीपी नियुक्त गरेको हो ।

प्रतिक्रिया