‘बागमतीमा धेरै पानी बगिसकेको छ, मलाई लाग्दैन राजा फर्कनुहुन्छ’


काठमाडाैं-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनप्रति सतर्क रहनुपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालको परिस्थितिबाट आत्तिनु नपर्ने भए पनि सतर्कता अपनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिहरूबारे जानकारी राख्दै कोइरालाले भने, “हामीले आत्तिनुपर्ने अवस्था छैन, तर सतर्कता जरुरी छ। सतर्क हुनु भनेको राम्रो काम गर्नु हो ।”

उनले राजनीतिक परिवर्तनपछि देशमा धेरै काम भएका भए पनि जनताको आकांक्षा अझै पूरा हुन नसकेको बताए । “हामीले केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं । तर, जनताले चाहेका सबै कुरा पूरा गर्न सकेका छैनौं।  तिनीहरूलाई सुसूचित गर्ने जिम्मेवारी राजनीतिक दल र सरकारकै हो,” कोइरालाले भने ।

उनका अनुसार अहिलेको परिस्थितिको मूल कारण राजनीतिक दलका नेताप्रति जनता निराश हुनु हो ।

राजसंस्थाको पुनरागमनको सम्भावनाबारे प्रश्न उठ्दा उनले भने, “बागमतीमा धेरै पानी बगिसकेको छ । मलाई लाग्दैन राजा फर्कनुहुन्छ, तर प्रयासहरू त जहाँ पनि हुन सक्छन् ।”

प्रतिक्रिया