

अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट २० जना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कैलाली, धनगढी उपमहानगरपालिका-३ बाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय आदित्य रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले गौरीफन्टाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.१-०१२प ५४७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-७ हरिनगर बस्ने २५ वर्षीय लक्ष्मण चौधरी समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ६० मिलिग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हरिनगर र इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१२ स्थित हाम्रो कटेज एण्ड रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम र नगद ७ हजार रूपैयाँ सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमासोही महानगरपालिका-१२ बस्ने २४ वर्षीय प्रवेश शाही ठकुरी, २८ वर्षीय नविन श्रेष्ठ, ३७ वर्षीय धिरज दरै र ३२ वर्षीय सुभाष गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चितवन, खैरहनी नगरपालिका-१० सुर्तनीबाट अवैध लागूऔषध गाँजा १० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय प्रविन चौधरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-८ स्यानी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ७० मिलिग्राम सहित बेदकोट नगरपालिका-७ बस्ने २१ वर्षीय प्रभाष शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, शुद्धोधन गाउँपालिका-१ सिसैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ६० मिलिग्राम सहित सैनामैना नगरपालिका-४ बस्ने २१ वर्षीय राम मल्लाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ गोलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्पास्पेन ३ सय ७० ट्याब्लेट र नगद४९ हजार ५ सय रूपैयाँ सहित ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक तामाङ, २६ वर्षीय मनिष तामाङ,२० वर्षीय रोहन निरौला र २६ वर्षीय मानव लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ,विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम७ सय १०मिलिग्राम सहित धनकुटा शहिदभूमी गाउँपालिका-४ बस्ने ३१ वर्षीय शिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

