सलमान खान र लरेन्स बिश्नोईमाथि गीत लेख्नेलाई ज्यान मार्ने धम्की
नयाँ दिल्ली- बलिउड अभिनेता सलमान खानलाई पुनः लरेन्स बिश्नोई ग्याङबाट धम्कीले भरिएको सन्देश प्राप्त भएको छ । मुम्बईको ट्राफिक कन्ट्रोल रुममा सलमान खानका लागि धम्कीपूर्ण सन्देश आएको हो ।
बिहीवार राति करिब १२ बजे पठाइएकाे उक्त सन्देशमा सलमान खान र लरेन्स बिश्नोईमाथि गीत लेख्नेलाई नछाडिने कुरा उल्लेख गरिएको छ । ‘एक महिना भित्र गीत लेख्नेलाई मारिने छ, गीत लेख्नेको हालत यस्तो हुनेछ, उसले आफ्ना नामले गीत लेख्न सक्ने छैन। यदि सलमानमा हिम्मत छ भने उनले गीतकारलाई बचाउन् ’ सन्देशमा लेखिएकाे छ ।
यो प्रकरणमा मुम्बईको वर्ली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध उजुरु दर्ता गरेको छ । प्रहरीले धम्की आएको नम्बरलाई ट्रेस गर्ने प्रयास गरिरहेको छ । यद्यपि, उक्त गीत कुन हो र कसले लेखेका हुन्, यसको जानकारी धम्कीपूर्ण सन्देशमा दिइएको छैन ।