शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की, मागियाे ५० लाख
काठमाडौं- सलमान खानपछि अब बलिउड अभिनेता शाहरुख खानलाई पनि धम्की आएको छ ।
मोबाइलमा धम्की आएपछि शाहरुखको टिमले उजुरी दर्ता गरेको छ । मुम्बई पुलिसले उजुरी पाउना साथ उक्त घटनाको अनुसन्धान थालेको छ ।
भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टअनुसार अज्ञात धम्कीविरद्ध भारतीय दंड संहिता बीएनएसको धारा ३०८ (४), ३५१ (३), (४) अनुसार मामिला दर्ता भएको हो ।
जुन नम्बरबाट धम्की आएको छ उक्त नम्बर छत्तीसगढका फैजान नाम गरेका व्यक्तिको नाममा दर्ता भएको छ । नम्बर पछ्याउँदै मुम्बई पुलिस रायपुर पुगेको छ ।
यो घटना गत मंगलबारको हो । उक्त धम्कीसँगै शाहरुखको घर मन्नत बाहिर सुरक्षाकर्मी बढाइएको छ । यसअघि सन् २०२३ मा पनि शाहरुखलाई धम्की आएको थियो । त्यसपछि सुरक्षा बढाइएको थियो ।
फोन गर्नेले यदि ५० लाख रुपैयाँ नदिने हो भने मारिदिने धम्की दिएको छ । फोन गर्नेलाई नाम सोध्दा भनेको छ, ‘मेरो लागि यसले कुनै फरक पार्दैैन, मेरो नाम हिन्दूस्तानी हो ।’