‘मन्दिरमा गएर माफी माग्न वा ५ करोड तिर्नु’ भन्दै सलमान खानलाई फेरि ज्यान मार्ने धम्की
काठमाडाैं- बलिवुड अभिनेता सलमान खानलाई मंगलबार बिहान फेरि लरेन्स बिश्नोईको नाममा धम्की आएको छ।
मुम्बईको कन्ट्रोल रुमबाट प्राप्त सन्देशमा सलमान खानले बिश्नोई समुदायको मन्दिरमा गएर कालो हरिणको शिकार गरेकोमा माफी नमागे वा ५ करोड रुपैयाँ नदिए ज्यान लिने धम्की दिइएङ्को थियो । म्यासेजमा ‘यदि सलमान खान बाँच्न चाहन्छन् भने हाम्रो मन्दिरमा गएर माफी माग्नुपर्छ वा ५ करोड तिर्नु पर्छ । हाम्रो गिरोह अझै सक्रिय छ ’ लेखिएकाे थियाे ।
ज्यान मार्ने धम्कीपछि सिकन्दर फिल्मको सुटिङमा रहेका सलमान हैदरावादको प्रसिद्ध ताज फलकनुमा प्यालेसमा फर्किएका छन्।अभिनेताको सुरक्षालाई ध्यानमा राख्दै दरबारमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ ।
अक्टोबरमा सलमानलाई दुई पटक धम्की आएको थियो ।