ड्युटी गर्दागर्दै बेहोस भएका हवल्दारको मृत्यु


डोटी- डोटीमा कार्यरत एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । डोटीमा ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवल्दार केशरसिंह धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार हिजो राति ८:३० बजेको समयमा धामी बेहोस भएका थिए । दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो ।

तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जनाइएको छ । बिहान करिव २ बजेको समयमा उनलाई अस्पतालले मृत घोषित गरेको थियो ।

उनको पोस्टमार्टम गरेपछि मृत्युको कारण खुल्ने  प्रहरीको भनाई छ।

प्रतिक्रिया