झा दम्पत्ती हत्या प्रकरणमा मृतकका तीन जना नातेदारलाई प्रहरीले समात्यो


काठमाडौं– महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको हत्यामा संलग्नता भएको आशंकामा मृतकका तीन जना नातेदारलाई प्रहरीले पक्राउ गरेको छ।

झा दम्पत्तीको कंकाल हुन लागेको शव प्रहरीले केही दिन अघि मात्र उत्खनन् गरी निकालेको थियो। त्यसअघि चार जना पक्राउ गरेको थियो।

थप तीन जनामा नातेदार पर्ने स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई नियन्त्रणमा लिइएको हो। उनीहरू नातेदार पर्ने प्रहरीले खुलाएको छ।

घटनामा संलग्नता देखिएपछि यसअघि रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव र भारत बिहार मधुबनी घर भएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया