

कोटेश्वरबाट एक महिलाको अपहरण सूचनापछि सुरक्षाकर्मी परिचालन

काठमाडौं – काठमाडौंको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छिन् ।
प्रहरी स्रोतका अनुसार उनलाई अपहरण गरेर बन्धक बनाइएको हो । उनको रिहाइका लागि १६ लाख फिरौती माग गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ।
कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको प्रहरी स्रोत बताउँछ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।
महिलाको उद्वारका लागि प्रहरी परिचालन भएको छ । थप विवरण आउन बाँकी छ ।

