

दार्चुलामा १६ वर्षीया किशोरीमाथि आफन्तबाटै कुकर्म

दार्चुला- दार्चुलामा एक १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कृत भएकी छिन् । कक्षा ८ मा पढ्ने ती किशोरी आफन्तबाटै जबरजस्ती करणीको सिकार बन्न पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
करणीको आरोपमा प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीडित किशोरीको परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए । पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका ती पुरुषले आंशिक रुपमा साे आरोप स्वीकारेको अवस्थामा छ । पक्राउ परेका आरोपित पुरुषले प्रहरीसँगको बयानमा मदिरा सेवन गरेको अवस्थामा गाेप्य अंग चलाएको भन्नेसम्म स्वीकार गरेको अवस्था छ तर विस्तृत रुपमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

