

धरानमा अदालतको आदेश मान्न अटेरी

काठमाडाैं- धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर लोकेन्द्रकुमार फागोले अदालतको आदेश अटेर गरेका छन् ।
उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश उडेका थिए । त्यसको विरोधमा अदालतमा मुद्वा परेकामा अदालतले फागोलाई दिइएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
तर, फागोले आज पनि कार्यवाहककै हकमा काम कारबाही गरेका हुन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका छन्।

