३ वर्षे छोराको हत्या गरी भीरबाट हाम फालिन् आमा


दैलेख – दैलेखमा एउटी आमाले छोराको हत्या गरी आत्महत्याको प्रयास गरेकी छिन् ।

जिल्लाको डुंगेश्वर गाउँपालिका—३ की २९ वर्षीया हिरा थापाले ३ वर्षका छोराको हत्या गरी आफूले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी आफू लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

घाइते थापाको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया