बुल्गेरिया पठाउँछौँ भनेर ठगी गर्ने दम्पती पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको बसुन्धराबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ घर भएका टंक प्रसाद सुवेदी र उनकी पत्नी  निता गौतम सुवेदी छन् ।

आरोपीहरूले बुग्लेरिया पठाउँछौँ भनेर ५ लाख ४० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको छ ।

प्रतिक्रिया