नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण स्थल निर्माणको सम्झौता


दिल्ली- बिहिबार दिल्लीमा भएको एक आयोजनामा नेपालमा १७ अर्ब लागतको अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ । यस सम्बन्धमा बिहिबार नेपाल आयल निगम (एनओसी) र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच ‘बिटुबी’ सम्झौता भएको हो ।

दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र आइओसीका पाइपलाइन निर्देशक सिम्थल कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तीन वटा परियोजना आइओसीले अनुदानमा बनाइदिने र चितवनको भण्डारण स्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।

प्रतिक्रिया