सलमान खानले लगाए कोरोनाविरुद्धको पहिलो खोप, आफैले ट्वीट गर्दै दिए जानकारी


नयाँदिल्ली – बलिउडका सुपरस्टार सलमान खानले पनि कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् ।

बुधबार (हिजो) लीलावती अस्पताल पुगेर सुपरस्टार सलमान खानले कोरोना भ्याक्सिनको पहिलो खोप लगाएका हुन् ।

अभिनेता खान आफैले ट्वीट गर्दै यसबारे जानकारी गराएका हुन् । अभिनेता खानले आफ्नो ट्वीटमा लेखेका छन्, ‘आज मैले भ्याक्सिनको पहिलो डोज लिएको छु ।’

अभिनेता खानको यस ट्वीटपछि विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

प्रतिक्रिया