

अबको ३ दिनमा काठमाडौंका धारामा मेलम्चीको पानी

काठमाडौं – मेलम्ची खानेपानी योजना सुरु भएको २२ वर्षपछि मेलम्चीको पानीले पूर्णता पाउने दिन नजिकिएको छ । लामो समयको प्रतिक्षा पछि राजधानीवासीले मेलम्चीको पानी यही चैत्र १५ गते देखि प्रयोग गर्न पाउने भएका छन् । गत फागुन २२ गते काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी सुरुङ मार्फत पठाइएको थियो। परिक्षण सफल भएपछि आयोजनाले धारा-धारामा पानी पठाउन लागेको हो ।
काठमाडौंका धारामा पुरानै पाइपलाइनबाट पानी पठाउने तयारी रहेको रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । राईका अनुसार ८० हजार धारामा पाइपलाइन जडान गरिएको र दुई चरणमा गरी १७ करोड लिटर पानी वितरण गरिने छ ।
अहिले सम्म ८० हजार धारामा पाइपलाइन जोडिएको छ भने ३० हजार धारामा पाइपलाइन जोड्न बाकीँ रहेको छ । खानेपानी वितरणका लागी अन्तिम चरणको परिक्षण बाँकी रहेको खानेपानी लिमिटेडले जनाएको छ । परीक्षण अवधि तीन महिना रहेकाले पुरानै पाइपबाट पानी पठाइने र त्यस पस्चात नयाँ पाइप परीक्षणका लागि १० प्रतिशत पानी पठाइने योजना रहेको छ ।

