‘लापता लेडिज’ अस्कर अवार्डमा छनोट


काठमाडौं- बलिवुडबाट यस वर्ष ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डियाले फिल्म ‘लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । फिल्मलाई बेस्ट विदेशी फिल्मको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ ।

नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस फिल्मले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।

प्रतिक्रिया