डोटीमा युवतीकाे करणीपछि ३० हजार लुटेर भागेका युवक आमाको किरियापुत्री बसेका बेला पक्राउ


डोटी- डोटीमा जबरजस्तीकरणी गरेर फरार भएका युवक आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोगमा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको डीएसपी भट्टराईले बताए ।

भट्टराईकाअनुसार घटनापछि फरार भएका रैकाल शनिवार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतबार बिहान मात्र घर आएका थिए । आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया