
‘रवि सहकारी ठग हुन्, तत्काल समातेर प्रहरीलाई बुझाइदिनुहोस्’
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकालिएका तत्कालीन महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन् ।
‘प्रिय रास्वपा मित्रहरू- हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् ,’उनले लेखेका छन्,’ विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन,गर्नुहुँदैन ।’
हिजाे गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि लामिछानेले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरूलाई केन्द्री कार्यालय वनस्थलीमा बोलाएका थिए ।



कागजपत्र |
