काठमाडौं प्रहरी परिसरका सहायक हवल्दार खड्का नियन्त्रणमा


काठमाडौं-  जिल्ला प्रहरी परिसर, काठमाडौंकाे मुद्दा शाखामा कार्यरत् एक जना सहायक हवल्दार पक्राउ परेका छन् ।

सहायक हवल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए । मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेका केही व्यक्तिहरूसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको उनले बताए ।

यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।

 

प्रतिक्रिया