सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको खुलासा, प्रेमीसहित दुईजना पक्राउ


काठमाडौं- काठमाडौं सुन्दरीजलमा शव फेला परेकी महिलाको हत्या भएको प्रहरीले जनाएको छ । गत बिहीबार गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलको बोक्सेदहमा ढुंगाले च्यापिएको सिराहा घर भई काठमाडौँको बसुन्धारामा बस्दै आएकी राम दुलारीको शव भेटिएको थियो ।

हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका ३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका ५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको जनाएको छ ।

मृतक राम दुलारी र रामविनयबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । राम दुलारीले दैनिक मापसे गरी अन्य पुरूषसँग सम्बन्ध  गाँसेकाे आशंकामा रामविनयले सन्तोषको साथ लिएर हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया